प्रकाश दाहालको स्मृतिमा राष्ट्रिय ब्याडमिन्टन हुने
नेकपा माओवादीका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रा.ली.को आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हबका सञ्चालक अस्मेल (अखिल) शाहीले जानकारी गराए ।
राजनैतिक नेताका साथै खेलकुदलाई अतिनै माया गर्ने व्यक्तित्व प्रकाश दाहाल आफ्नो अत्यन्तै निकट रहेकाले उनकै नाममा प्रतियोगिता आयोजना गर्न लागिएको सञ्चालक अखिल शाहीले बताए ।
आयोजकको आफ्नै कोर्टमा हुने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न हबका सञ्चालकहरू लाक्पा शेर्पा, सन बहादुर साम्वा समेत रहेको प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएका छन् ।
वरीयता सहितको राष्ट्रिय प्रतियोगिता रहेकाले विगतमा जस्तै करिव ४ सयको हाराहारीमा खेलाडीहरूको उपस्थिति रहने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण