सावधान ! बिस्तारै तपाईंलाई मोटोपनातिर डोर्याउँदैछ यी चिज
काठमाडौँ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ ।
खानपिनमा अङ्कुश नलगाउने अनि आहार व्यवहारसम्बन्धी नियम नमान्ने गर्दा पछिल्लो समय धेरैको तौल बढिरहेको हो । उच्च क्यालोरी भएको खाना खाने तर व्यायाम गर्न अल्छी गर्दा पनि मोटोपनाको शिकार भइन्छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार केही वस्तु लगातार खाइरहँदा पनि मोटोपना बढ्न थाल्छ । आज हामी आवश्यकताभन्दा धेरै खाँदा खाँदा मोटोपना बढाउने पेय पदार्थ र खानेकुराबारे कुराकानी गर्नेछौँ ।
- प्याकेटमा आउने स्न्याक्सः
चिप्स, क्रेकर र कुकीजलगायत प्याकेटमा आउने खानेकुरामा प्रशोधित कार्बोहाइड्रेट्स, अस्वस्थ फ्याट र एडेड सुगरको प्रयोग गरिएको हुन्छ । यी खानेकुरामा क्यालोरी निकै धेरै मात्रामा हुन्छ । यसलाई लगातार खाँदा बिस्तारै तौल बढ्न थाल्छ ।
- पेय पदार्थः
सोडा, एनर्जी ड्रिङ्क र बजारमा पाइने केही फ्रुट जुसमा चिनी र क्यालोरीको मात्रा निकै धेरै हुन्छ । पोसिलो र शरीरलाई चाहिने विभिन्न तत्त्वहरूले भरपुर भनेर विज्ञापन गरिने यी पेयमा पोषक तत्त्व मरिसकेका हुन्छन् । यी पेय पदार्थ सेवन गर्दा तपाईं बिस्तारै मोटाउन थाल्नु हुन्छ । त्यसैले यी पेय पदार्थबाट सकेसम्म टाढै रहनु होला ।
- तारेको खानेकुरा:
तेलमा तारेको खानेकुरा, फास्ट फूड अनि चिल्लो स्न्याक्समा अस्वस्थ फ्याट र क्यालोरीको मात्रा धेरै हुन्छ । यस्ता खानेकुरा लगातार खाँदा छिटो छिटो तौल बढ्न थाल्छ ।
- प्रशोधित अनि गुलिया चिज:
धेरैजसो मानिसहरूलाई प्रशोधित अनि गुलियो खानेकुरा निकै मन पर्छ । यी सबै वस्तुमा एडेड सुगर, सोडियम र प्रिजर्भेटिभ्स र क्यालोरी निकै धेरै मात्रामा पाइन्छ । यस्ता खानेकुरा देखेर मन थाम्नै सक्दैनन् । तर यस्ता खानेकुरा लगातार खाइरहँदा मोटोपना बढ्छ ।
- कफीको सेवन:
धेरैजसो कफी ड्रिङ्क्समा चिनी, क्रिम र हाई फ्याट मिल्क मिसाइएको हुन्छ । जसका कारण कफीको क्यालोरीको मात्रा ह्वात्तै बढ्छ । यी ड्रिङ्क्सको सेवनका कारण पनि तौल छिटो छिटो बढ्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण