खाली पेटमा मेवा सेवन : स्वास्थ्यका लागि निकै फाइदाजनक

काठमाडौँ । मेवा तपाईंहरूमध्ये कसलाई मन पर्दैन ? कोही काँचो मेवा खानै सक्दैनन् कोही चाहिँ अलि बढी पाकेको मेवा छुँदै छुँदैनन् । तपाईँलाई मेवा सेवनको लाभबारे थाहा छ ? यसमा पाचन शक्तिका लागि लाभदायक कयौँ तत्त्व पाइन्छ । अझ यसलाई खाली पेटमा खानु त झनै फाइदाजनक छ । खाली पेटमा मेवा खाँदा यसले इम्युनिटी बुस्टरको रूपमा काम गर्छ । वास्तवमा मेवामा भिटामिन सी र ए जस्ता पोषक तत्त्व हुन्छन् । यसले इम्युन प्रणालीलाई बलियो बनाउँछ ।
मधुमेहका बिरामीले त झन् खाली पेटमा मेवा खानु पर्छ । यसमा चिनीको मात्रा निकै कम हुन्छ अनि फाइबर ज्यादा हुन्छ । यसका कारण ब्लड सुगर नियन्त्रित रहन्छ । खाली पेटमा मेवा खाँदा छालालाई पनि धेरै नै फाइदा हुन्छ । तपाई आफ्नो तौल घटाउने ध्याउन्नमा हुनु हुन्छ भने मेवा एक दम फाइदाजनक छ । खाली पेटमा मेवा खाँदा तौल घटाउन मद्दत मिल्छ ।
विज्ञहरूका अनुसार मेवामा क्यालोरी निकै धेरै हुन्छ अनि फाइबरको मात्रा पनि टन्नै हुन्छ । जसले गर्दा यो तौल कम गर्न सहायक हुन्छ । खाली पेटमा मेवाको सेवन मुटुको स्वास्थ्यका लागि पनि एक दम राम्रो हुन्छ । यसमा पाइने पोटासियम, एन्टीअक्सीडेन्टले मुटुको स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्छ । त्यसैले तपाईँलाई मेवा मन पर्दैन भने पनि आफ्नो स्वास्थ्यका लागि भए पनि खानुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’
-
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह
-
१० बजे १० समाचार : ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
-
पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय
-
आजको खेल गुमाएका केएल राहुललाई पुत्री लाभ
-
क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश