खाली पेटमा मेवा सेवन : स्वास्थ्यका लागि निकै फाइदाजनक
काठमाडौँ । मेवा तपाईंहरूमध्ये कसलाई मन पर्दैन ? कोही काँचो मेवा खानै सक्दैनन् कोही चाहिँ अलि बढी पाकेको मेवा छुँदै छुँदैनन् । तपाईँलाई मेवा सेवनको लाभबारे थाहा छ ? यसमा पाचन शक्तिका लागि लाभदायक कयौँ तत्त्व पाइन्छ । अझ यसलाई खाली पेटमा खानु त झनै फाइदाजनक छ । खाली पेटमा मेवा खाँदा यसले इम्युनिटी बुस्टरको रूपमा काम गर्छ । वास्तवमा मेवामा भिटामिन सी र ए जस्ता पोषक तत्त्व हुन्छन् । यसले इम्युन प्रणालीलाई बलियो बनाउँछ ।
मधुमेहका बिरामीले त झन् खाली पेटमा मेवा खानु पर्छ । यसमा चिनीको मात्रा निकै कम हुन्छ अनि फाइबर ज्यादा हुन्छ । यसका कारण ब्लड सुगर नियन्त्रित रहन्छ । खाली पेटमा मेवा खाँदा छालालाई पनि धेरै नै फाइदा हुन्छ । तपाई आफ्नो तौल घटाउने ध्याउन्नमा हुनु हुन्छ भने मेवा एक दम फाइदाजनक छ । खाली पेटमा मेवा खाँदा तौल घटाउन मद्दत मिल्छ ।
विज्ञहरूका अनुसार मेवामा क्यालोरी निकै धेरै हुन्छ अनि फाइबरको मात्रा पनि टन्नै हुन्छ । जसले गर्दा यो तौल कम गर्न सहायक हुन्छ । खाली पेटमा मेवाको सेवन मुटुको स्वास्थ्यका लागि पनि एक दम राम्रो हुन्छ । यसमा पाइने पोटासियम, एन्टीअक्सीडेन्टले मुटुको स्वास्थ्यलाई राम्रो राख्न मद्दत गर्छ । त्यसैले तपाईँलाई मेवा मन पर्दैन भने पनि आफ्नो स्वास्थ्यका लागि भए पनि खानुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण