कोप- २८ प्रमुखद्वारा ‘ऐतिहासिक’ जलवायु सम्झौता स्वीकृत भएको घोषणा
बुधबार, २७ मङ्सिर २०८०, १७ : ४६
दुबई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलनको २८औँ सत्र ‘कोप २८’ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले संयुक्त राष्ट्रसङ्घको जलवायु शिखर सम्मेलनका पक्षहरू ‘ऐतिहासिक’ जलवायु परिवर्तन नियन्त्रणका लागि प्रस्तावित सम्झौतामा सहमत भएको घोषणा गरेका छन् । बुधबार उनले साे घाेषणा गरेका हुन् ।
अल जाबेरले भने, “यो एक उन्नत, सन्तुलित जलवायुनियन्त्रण कार्यलाई गति दिनको लागि एक ऐतिहासिक दस्तावेज हो । यो यूएई सहमति हो ।” यस सम्झौतामा जलवायु परिवर्तनसँग जुध्न अनुकूलन, वित्त, लचिलोपन र जीवाश्म ईन्धनलगायत अन्य उपायहरू उल्लेख गरिएको छ ।
कोप २८ अन्तिम सम्झौताको अघिल्लो मस्यौदामा देखिएको गतिरोधका कारण मंगलबार मध्याह्नको आधिकारिक समापन समयभन्दा बढी लम्ब्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण