नयाँ बानेश्वारमा करिब ९ लाख बराबरको चोरी
बुधबार, २७ मङ्सिर २०८०, १८ : ०८

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वारमा करिब ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको हो ।
घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको उक्त रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगकाे फाइनलमा पुग्यो पोर्चुगल
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री