नयाँ बानेश्वारमा करिब ९ लाख बराबरको चोरी
बुधबार, २७ मङ्सिर २०८०, १८ : ०८
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वारमा करिब ९ लाख रुपैयाँ बराबरको चोरी भएको छ । काठमाडौँ महानगरपालिका-३१ ठुलो खरिबोट नजिक निराजन विक्रम मार्ग बस्ने निर्मला नेपालको घरमा चोरी भएको हो ।
घरबाट सुन र चाँदीका गरगहना, नगद र मोबाइल समेत गरी करिब ८ लाख ९९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिले ढोका फोडी दराजमा रहेको उक्त रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण