पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत
बिहीबार, २८ मङ्सिर २०८०, ०९ : ०७
रामपुर । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले रु एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो ।
गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
-
सपना पूरा गर्न उमेर होइन, विश्वास चाहिन्छ। स्पेनलाई रोक्ने ४० वर्षीय ‘नायक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण