शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक

बिहीबार, २८ मङ्सिर २०८०, १० : ५५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो ।

सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने बताइएको छ । यस्तै, केन्द्रीय बैंकले सावा ब्याज भुक्तान मिति पुस १२ गते तय गरेको छ ।

बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता कायम भएपछि १४ दिनको निक्षेप संकलन उपकरण चलाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप