बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक
बिहीबार, २८ मङ्सिर २०८०, १० : ५५
काठमाडौँ । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो ।
सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने बताइएको छ । यस्तै, केन्द्रीय बैंकले सावा ब्याज भुक्तान मिति पुस १२ गते तय गरेको छ ।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता कायम भएपछि १४ दिनको निक्षेप संकलन उपकरण चलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण