जित्ने एट्लेटिको म्याड्रिड र हार्ने लाजियो दुबै नकआउट चरणमा
काठमाडौँ । आफ्नो पछिल्लो खेलमा जित हासिल गरेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र पराजय भोगेको इटालियन क्लब लाजियो दुबै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।
एट्लेटिको म्याड्रिडले बिहीबार विहान सम्पन्न खेलमा लाजियोलाई २—० गोलले हरायो । एट्लेटिको म्याड्रिडसँग हारे पनि लाजियो नकआउट चरणमा पुग्न सफल भयो । समूह ‘ई’ बाट एट्लेटिको म्याड्रिड १४ अंकसहित पहिलो र लाजियो १० अंकसहित दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका हुन् ।
उक्त समूहमा ६ अंकसहित फेयनुर्ड तेस्रो र चार अंकसहित सेल्टिक चौथो भए । फेयनुर्डले युरोपा लिगको समूहगत चरण खेल्ने अवसर पायो । आफ्नो पछिल्लो खेलमा सेल्टिकले फेयनुर्डलाई २—१ गोलले हरायो । सेल्टिकले घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगअन्तर्गतको खेलमा १० वर्षपछि पहिलो जित हासिल गरेको हो ।
एट्लेटिको म्याड्रिड भने अपराजित रहँदै अघिल्लो चरणमा पुगेको हो । लाजियोविरुद्धको पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको छैटौँ मिनेटमै एन्टोइन ग्रिजम्यानले एट्लेटिको म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको ५१औँ मिनेटमा सामुएल लिनोले दोस्रो गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण