सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जित्ने एट्लेटिको म्याड्रिड र हार्ने लाजियो दुबै नकआउट चरणमा

बिहीबार, २८ मङ्सिर २०८०, ११ : ०४
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । आफ्नो पछिल्लो खेलमा जित हासिल गरेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र पराजय भोगेको इटालियन क्लब लाजियो दुबै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।

एट्लेटिको म्याड्रिडले बिहीबार विहान सम्पन्न खेलमा लाजियोलाई २—० गोलले हरायो । एट्लेटिको म्याड्रिडसँग हारे पनि लाजियो नकआउट चरणमा पुग्न सफल भयो । समूह ‘ई’ बाट एट्लेटिको म्याड्रिड १४ अंकसहित पहिलो र लाजियो १० अंकसहित दोस्रो हुँदै अघिल्लो चरणमा पुगेका हुन् ।

उक्त समूहमा ६ अंकसहित फेयनुर्ड तेस्रो र चार अंकसहित सेल्टिक चौथो भए । फेयनुर्डले युरोपा लिगको समूहगत चरण खेल्ने अवसर पायो । आफ्नो पछिल्लो खेलमा सेल्टिकले फेयनुर्डलाई २—१ गोलले हरायो । सेल्टिकले घरेलु मैदानमा खेलिएको च्याम्पियन्स लिगअन्तर्गतको खेलमा १० वर्षपछि पहिलो जित हासिल गरेको हो ।

एट्लेटिको म्याड्रिड भने अपराजित रहँदै अघिल्लो चरणमा पुगेको हो । लाजियोविरुद्धको पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको छैटौँ मिनेटमै एन्टोइन ग्रिजम्यानले एट्लेटिको म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । निर्धारित समयको ५१औँ मिनेटमा सामुएल लिनोले दोस्रो गोल थपेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप