पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क
पोल्यान्ड । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।
टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् ।
पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् । मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गरे ।
६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसकेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण