श्रीनिवासाचार्यमाथि गोली प्रहार प्रकरण : पर्चामा के–के आरोप लगाइएको छ ?
काठमाडौँ । युवा सन्त श्रीनिवासाचार्यमाथि गोली प्रहारको घटना रहस्यमय देखिएको छ ।
घटनास्थलमा पर्चा त भेटिएको छ ।
पर्चामा उनीमाथि केही धार्मिक विषय त केही राजनीतिक आरोप लगाइएको छ ।
तर, पर्चा जारी गर्ने निकाय वा व्यक्तिको नाम चाहीँ छैन ।
श्रीनिवासाचार्यलाई कसले गोली हान्यो भन्नेबारे यकिन खुल्न सकेको छैन् । घट्नास्थलमा धार्मिक कुरा झल्कने पर्चा फेला परेको डीएसपी विष्णुहरी कोईरालाले बताएका छन् ।
उनले रातोपाटीसँग भने, ‘गोली हान्नेको यकिन पहिचान हुन सकेको छैन घट्नास्थमा धार्मिक आक्रोश झल्कने पर्चा भेटिएको छ । थप अनुसन्धान गरिरहेका छौँ ।’
उनका अनुसार पर्चामा कुनै संघ–संस्था वा ब्यक्तिको नाम उल्लेख गरिएको छैन ।
‘सामान्य फोटोकपी पेपरमा लेखिएको एउटा पर्चाको टुक्रा फेला परेको छ’ डीएसपी कोइरालाले भने, ‘त्यसमा कुनै संघ–संस्था वा ब्यक्तिले घट्नाको जिम्मेवारी लिएको चाहिँ छैन ।’
पर्चामा श्रीनिवासाचार्यमाथि धर्मको नाममा पाखण्ड गरेको आरोप लगाइएको छ । धर्मनिरपेक्ष राष्ट्रमा हिन्दुराष्टको कुरा गरेको आरोप पनि श्रीनिवासाचार्यमाथि पर्चामा लगाइएको छ ।
मरिसकेको राजसंस्था र राजा चाहिन्छ भनेर लविइङ गरेको आरोप पनि उनीमाथि लागेको छ ।
पूर्वराजा ज्ञानेन्द्रले पनि भेटेका थिए श्रीनिवासाचार्य
पर्चामा उनीमाथि भारतको पक्षमा काम गरेको आरोप पनि लगाइएको प्रहरीले जनाएको छ ।
विहान ३ बजेतिर शौच गर्न जान लागेको बेला अज्ञात समुहले हानेको एउटा गोली उनको दायाँ कुममा लागेको थियो । अर्को एउटा गोली भुइँमा लागेको डीएसपी कोईरालाले बताए ।
बिराटनगरको जतुवास्थित रामजानकी मन्दिर परिसरमा गोली प्रहारबाट घाईते भएका श्रीनिवासआर्चाय स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
उनी बोल्न थालेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोइरालाले जानकारी दिए ।
सिमरा स्थायी घर भएका श्रीनिवासआर्चाय चक्रघर्ती आश्रममा बस्दै आएका थिए ।
शनिवार विहान ३ बजेतिर जतुवास्थित रामजानकी मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली प्रहार गरेपछि घाइते भएका श्रीनिवासआर्चायको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण