‘भुल भुलैया ३’मा हुन सक्छ अभिनेत्री पलकको इन्ट्री
मुम्बई । कार्तिक आर्यन अभिनीत फिल्म ‘भुल भुलैया २’ गतवर्ष रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गरेको थियो । त्यसैले पनि यसका निर्देशक अनिस बज्मी र निर्माता भुषण कुमार अर्को सिक्वेल अर्थात ‘भुल भुलैया ३’को तयारी गरिरहेका छन् ।
यस्तैमा फिल्ममा अभिनेत्री पलक तिवारी भित्रिन लागेको खबर बाहिर आएको छ । फिल्मसँग नजिक सूत्रका अनुसार निर्माण युनिट पलकलाई फिल्ममा भित्र्याउने पहलमा छन् । फाइनल भएपछि अफिसियल्ली सार्वजनिक हुनेछ ।
पलकले सलमान खान अभिनीत फिल्म ‘किसीकी भाई किसिकी जान’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
केही दिन अगाडि फिल्ममा आर्यनको अपोजित भूमिकामा सारा अलि खान हुने सार्वजनिक गरिएको थियो । कार्तिक र साराले यस अगाडि २०२० मा रिलिज भएको फिल्म ‘लव आज कल’मा काम गरेका थिए । फिल्मको दौरानमा दुबैबिच प्रेम पनि थियो । अहिले ब्रेकअफ भैसकेको छ ।
फिल्ममा अभिनेत्री तब्बु पनि देखिनेछिन् । तब्बुले ‘भुल भुलैया २’मा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । मिडिया रिपोटका अनुसार हरर कमेडी ‘भुल भुलैया ३’ फेब्रुअरी २०२४ मा फ्लोरमा जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण