शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा गोली चलाएर सहकारी लुट्ने अझै भेटिएनन्

एसपी भन्छन्–‘अनुसन्धान गर्दैछौं’
शुक्रबार, २९ मङ्सिर २०८०, १५ : २६
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सर्लाहीको हरिपूर्वामा बिहीबार लुटेराले गोली चलाएर सहकारीको पाँच लाख नगद लुटेका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको रकम लुटेराले लुटेर भागेका हुन् ।

हवाई फायर गरेर लुटेराले सहकारीको कर्मचारीले बोकेको रकम लुटेर भागेका हुन् । एनआईसी एसिया बैंकबाट रकम निकालेर सहकारीको मुख्य शाखामा लगेर त्यहाँबाट अन्य ब्रान्चमा लैजाँदै गर्दा रकम लुटिएको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।

सहकारीका शाखा प्रबन्धक रामनाथ राय र कर्मचारी नीरा रायले नगद लिएर शाखा कार्यालयतर्फ जाँदै गर्दा हरिपूर्वा–६ स्थित हनुमान चोक नजिकै लुटपाट भएको हो । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको एसपी धितालले जानकारी दिए । उनले भने–‘इन्स्पेक्टरको नेतृत्वमा समिति बनाएर अनुसन्धान तथा  छानबिन गरिरहेका छौँ ।’

नम्बर नखुलेको मोटरसाइकलमा सवार लुटेरा महोत्तरीतर्फ भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप