सर्लाहीमा गोली चलाएर सहकारी लुट्ने अझै भेटिएनन्
काठमाडौँ । सर्लाहीको हरिपूर्वामा बिहीबार लुटेराले गोली चलाएर सहकारीको पाँच लाख नगद लुटेका छन् । हरिपूर्वा नगरपालिका–५ स्थित जयगंगा बचत तथा ऋण सहकारीको रकम लुटेराले लुटेर भागेका हुन् ।
हवाई फायर गरेर लुटेराले सहकारीको कर्मचारीले बोकेको रकम लुटेर भागेका हुन् । एनआईसी एसिया बैंकबाट रकम निकालेर सहकारीको मुख्य शाखामा लगेर त्यहाँबाट अन्य ब्रान्चमा लैजाँदै गर्दा रकम लुटिएको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।
सहकारीका शाखा प्रबन्धक रामनाथ राय र कर्मचारी नीरा रायले नगद लिएर शाखा कार्यालयतर्फ जाँदै गर्दा हरिपूर्वा–६ स्थित हनुमान चोक नजिकै लुटपाट भएको हो । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको एसपी धितालले जानकारी दिए । उनले भने–‘इन्स्पेक्टरको नेतृत्वमा समिति बनाएर अनुसन्धान तथा छानबिन गरिरहेका छौँ ।’
नम्बर नखुलेको मोटरसाइकलमा सवार लुटेरा महोत्तरीतर्फ भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण