आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारदेखि राप्रपाको केन्द्रीय समिति बैठक, के–के छन् एजेण्डा ?

शनिबार, ३० मङ्सिर २०८०, ०८ : ३८
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा पुस ३ गतेसम्म जारी रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने कार्यतालिका छ । 
यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुने उनको भनाइ छ। 

यस्तै बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने एजेण्डा पनि तय भएको छ । 

 पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुनेउनले बताए । बैठक विभिन्न निर्णय गर्दै पौष ३ गते समापन हुने सो पार्टीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप