मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन

मङ्गलबार, २३ असार २०८३, १९ : ३२
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा झ्याप–झ्याप विद्युत जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यदल गठन गरेको छ।

मंगलबार मन्त्रालयले उक्त समस्या समाधानका लागि मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको जनाएको छ। कार्यदललाई विद्युत् अवरोधका कारणहरूको अध्ययन, समस्या समाधानका उपायहरूको कार्यान्वयन तथा जनताले भोगिरहेका समस्याको प्रभावकारी सम्बोधन भए–नभएको सुनिश्चित गर्ने जिम्मेवारी दिइएको छ ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जनताको गुनासो र समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । लापरबाही वा कमजोरी देखिएमा आवश्यक कारबाहीको दायरामा ल्याउन समेत मन्त्री श्रेष्ठले भने । 

सोही आधारमा मन्त्रालयले कार्यदल गठन गरेर विद्युत् अवरोध हुनुको कारण, समस्या समाधानका उपायबारे सुझाव दिन भनेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप