मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
अदालत

नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी

मङ्गलबार, २३ असार २०८३, १७ : १९
मङ्गलबार, २३ असार २०८३

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भएको सुनुवाइ सकिएको छ ।
  • नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरणमा जेठ २७ गतेदेखि सुनुवाइ प्राथमिकतामा राखिएको थियो ।
  • यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भएको सुनुवाइ आज सकिएको हो । सुनुवाइ सकिएसँगै आजै फैसला सुनाउने तयारी गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरण लामो समयदेखि सुनुवाइ नभएर रोकिएको थियो । जेठ २७ बाट अदालतले उक्त मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गरेको थियो ।

२०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।

यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा मुद्दा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप