सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तचन्दन जस्तो देखिने काठसहित स्वयम्भुबाट भारतीय नागरिक पक्राउ

शनिबार, ३० मङ्सिर २०८०, १८ : ११
शनिबार, ३० मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत मोतिहारी घर भई हाल काठमाडौँ महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौँ चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप