रक्तचन्दन जस्तो देखिने काठसहित स्वयम्भुबाट भारतीय नागरिक पक्राउ
शनिबार, ३० मङ्सिर २०८०, १८ : ११
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत मोतिहारी घर भई हाल काठमाडौँ महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौँ चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण