होण्डा डियो१२५ स्कुटरको विक्री वितरण सुरु, के–के छन् विशेषता ?
काठमाडौँ । नेपालका लागि होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरु र थप ‘पावर’ले भरपुर होण्डा डियो१२५ स्कुटरको विक्री वितरण सुरु गरेको छ ।
नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको होण्डा डियो स्कुटरको सो पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित रहेको कम्पनीको भनाइ छ ।
साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ सो स्कुटर रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीको विश्वास छ । स्मार्ट चाबीले अनलक र स्टार्ट हुने सो स्कुटरमा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम–एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् ।
होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले स्कुटरको बुकिङ र विक्री धमाधम भइरहेको जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण