सिमेन्टको मूल्यवृद्धि, महासंघद्वारा फिर्ता लिन माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको जनाएको छ । सीमित उद्योगीहरूले कार्टेलिङ गरी हालै सिमेन्टको भाउ प्रति बोरा १ सय रुपैयाँ भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघको भनाइ छ ।
महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी खुला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको उल्लेख गरेका छन् ।
विगतमा पनि कार्टेलिङ गरी पटक पटक मूल्यवृद्धि गरिँदा पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ ।
म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अर्बौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन पनि महासंघले नेपाल सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण