लिभरपुल युनाइटेडसँग रोकिँदा आर्सनल शीर्ष स्थानमा
एजेन्सी । ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।
यद्यपि जीतका लागि आर्सनलले ठुलो संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा ग्याब्रियल जिसुसले आर्सनललाई अग्रता दिलाए । दोस्रो गोलका लागि टोली खेलको अन्त्यसम्म पर्खनुपरेको थियो । ८७ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
१७ खेलपछि आर्सनलको ३९ अङ्क रहेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।

एनफिल्डमा युनाइटेडले लिभरपुलको दबाबलाई झेल्दै खेल गोलरहित बराबरीमा अन्त्य गर्न सफल भयो । बराबरीपछि लिभरपुल १७ खेलबाट ३८ अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा खस्किएको छ । युनाइटेड २८ अङ्कसहित सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण