शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा अधिक तरलता थुप्रियो, थप १० अर्ब तान्दै केन्द्रीय बैंक

मङ्गलबार, ०३ पुस २०८०, ११ : ४९
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले मंगलबार थप १० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले गत आइतबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तानेको थियो ।

 बैंक तथा वित्तीय संस्थामा झन्डै ६ खर्ब रुपैयाँ बराबरको तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत एकपछि अर्को गर्दै निक्षेप तानिरहेको छ । 

तीन दिनको अन्तरालमा केन्द्रीय बैंकले २० अर्ब तरलता प्रसोचन गर्ने भएको छ । बैंकको सूचना अनुसार २०८० पुस ३ गते अपराह्न २ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत १० अर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल हुनेछ । उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने समेत केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । 

निक्षेप संकलनको साँवा ब्याज आगामी पुस १७ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप