प्राइम बैंकले लगानीकर्तालाई लाभांश नदिने
मङ्गलबार, ०३ पुस २०८०, १३ : ०९
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।
आज बसेको कम्पनीको ४८७औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको जनाइएको छ । यस्तै, सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।
प्राइम बैंकले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार सरकारलाई मर्जर तथा प्राप्ति र प्रिमियममा सेयर जारी गरेबापतको कर बुझाएको छ । कम्पनीले ठुला करदाता कार्यालयमा २८ करोड ९६ लाख रुपैयाँभन्दा धेरै कर बुझाएको थियो । सोही कारण लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण