सेनाले काम गर्न नसके अर्को विकल्पमा जानुपर्छ : सांसद कार्की
काठमाडौँ । सांसद चन्दा कार्कीले द्रुत मार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्पमा जानुपर्ने बताएकी छन् । बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले एकातिर आर्थिक भार थपिँदै जाने र काम पनि गर्न नसक्ने हो भने अर्को विकल्पमा जानुपर्ने बताइन् ।
सांसद कार्कीले ७१ किलोमिटर बाटो बनाउन ६ वर्ष लागेको बताउँदै बाँकी ७२ प्रतिशत काम ३ वर्षभित्र कसरी सकिन्छ ? भन्दै प्रश्न गरिन् । उनले सेनाको मुख्य ध्यान राष्ट्रिय सुरक्षामा हुनुपर्ने समेत बताइन् । सांसद कार्कीले भनिन्– ‘काम ढिला भयो भए जरिवाना हुन्छ । सेनालाई जरिवाना हुँदैन क्यारे। सेनाले ठेकेदारलाई कारबाही गरेको छ कि छैन ? समस्यामाथि को जिम्मेवार हुने ? गफ गरेर मात्रै हुँदैन। खोकनामा किन विवाद आयो ?’
उनले अहिलेसम्म समितिले के के काम गर्यो भन्ने कुरा पनि बाहिर आउनुपर्ने बताइन् । ‘यो आयोजनामा पनि भ्रष्टाचार भएको पो छ कि। कालिकालाई किन काम दिएको ? सुरक्षा को कुरा के हुन्छ। सार्वजनिक खरिद एनमा टेकेर किन काम नगरेको ?’ सांसद कार्कीले बैठकमा प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण