शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

फास्ट ट्रयाकमा प्रधान सेनापतिको जवाफ : कालिकालाई ठेक्का पीपीआरले दिएको हो

बुधबार, ०४ पुस २०८०, १५ : २१
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले फास्ट ट्रयाकको काममा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाक निर्माणबारे भइरहेको प्रगति र भ्रष्टाचारका चर्चाबारे भएको छलफलमा प्रधानसेनापति शर्माले सेनाले पैसा नहेर्ने समेत बताए । त्यसक्रममा उनले सेनाले गरेको काम पारदर्शी हुने दाबी समेत गरेका छन् ।

‘हामी गलत गर्दैनौँ,सेना नियम कानुन र पारदर्शिता अनुसार काम गर्छ’, सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘गल्ती हुनुहुँदैन म पनि भन्छु ।’

उनले अहिले फास्ट ट्रयाकको विषयमा सेनामाथि प्रहार भइरहेको भन्दै  नेपाली सेनाले कहिल्यै फास्ट ट्रयाक नमागेको बताए ।

‘सेनाले मागेको होइन, तपाईंहरुले नै दिएको हो । ४ वटा रुख काट्न नौ महिना लाग्छ । हामीलाई नियम दिनोस् । मैले यसअघि प्रधानमन्त्री र रक्षामन्त्रीलाई देखाएको रुख अझै काट्न सकिएको छैन’, समितिमा उनले भने, ‘कामअघि बढाउन परामर्शदाता ल्याउनुपर्छ । सकेसम्म विदेशमा पैसा नजाओस् भनेर नेपाली परामर्शदाता पनि प्रयोग गरेका छौँ । २०८३ सालसम्म काम पुरा नसके पनि ट्रयाक खोलेर गाडी निजगड पुर्यैइन्छ तर इआईएको नियम फेर्नुपर्छ ।’

खोकनामा अवरोध र स्थानीयको आक्रोशबारे पनि उनले मुख खोले । उनले डीपीआर पास हुन मात्र ६ महिना लागेको बताए । ‘जमिन पाएको छैन, रुख काट्न पाइएको छैन । खोकनाको विषयमा डुकुछापमा रोक्ने कि के गर्ने भनेर सामाजिक र सांस्कृतिक पक्ष हेरेका छौ । १२ अर्ब सस्तोमा काम लगाइरहेका छौ’, उनले  राजनीतिक स्वार्थ अनुसार कम्प्लेन आउने गरेको पनि बताए ।  

उनले कालिकालाई ठेक्का आफूहरूले नदिएको भन्दै पिपिआरले दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप