राष्ट्र बैंकले बिहीबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । २०८० पुस ५ गतेदेखि २०८५ पुस ६ गतेसम्म ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुरा गरेर पुस ५ गते बिहीबार दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । विकास ऋणपत्रको बिहीबार दिउँसो २ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धा वा अप्रतिस्पर्धामार्फत ऋणपत्र खरिदमा सहभागि हुन सक्नेछन् । कूल निष्काशन ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ ।
ऋणपत्रको ब्याजदर निर्धारण भने आवेदन (बोलवालाह) कबोलका आधारमा कटअफ एकल ब्याजदर कायम गरी निर्धारण गर्ने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्र्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र पुस ६ गते शुक्रबार जारी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण