शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले बिहीबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

बुधबार, ०४ पुस २०८०, १५ : ५१
बुधबार, ०४ पुस २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । २०८० पुस ५ गतेदेखि २०८५ पुस ६ गतेसम्म ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने भएको हो । 
इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुरा गरेर पुस ५ गते बिहीबार दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । विकास ऋणपत्रको बिहीबार दिउँसो २ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक खरिदकर्ता प्रतिस्पर्धा वा अप्रतिस्पर्धामार्फत ऋणपत्र खरिदमा सहभागि हुन सक्नेछन् । कूल निष्काशन ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । 

ऋणपत्रको ब्याजदर निर्धारण भने आवेदन (बोलवालाह) कबोलका आधारमा कटअफ एकल ब्याजदर कायम गरी निर्धारण गर्ने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्र्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्र पुस ६ गते शुक्रबार जारी हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप