छात्रावास सुधारको माग राख्दै अनेरास्ववियुद्वारा त्रिविलाई ज्ञापनपत्र
काठमाडौँ । छात्रावास सुधारको माग राख्दै अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले त्रिविका प्रिन्सिपललाई ज्ञापनपत्र बुझाएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कान्ति छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूले विभिन्न समस्या भोग्दै आएको भन्दै अनेरास्ववियुले सम्बोधनको माग गरेको छ ।
छात्राबासमा देखिएका विभिन्न समस्याहरू समाधान गर्दै त्रिवि छात्रावासलाई विश्वविद्यालयको नमूना छात्रावासको रूपमा रूपान्तरण गरी विद्यार्थीमैत्री बनाउन अनेरास्ववियु त्रिवि कमिटीले माग गरेको हो ।
छात्रावास र यस भित्र रहेका भौतिक संरचनाहरूको सुरक्षा प्रबन्ध मिलाउन वरिपरी तारबारसँगै २४ सै घण्टा सुरक्षा गार्डले सुरक्षा दिने व्यवस्था गर्न माग गरेको छ ।
त्रिविमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा ७०० विद्यार्थी अट्ने छात्रावास निर्माणको दीर्घकालीन योजना सार्वजनिक गरी त्रिवि केन्द्रीय कार्यालय समक्ष प्रस्ताव पेस गरिनुपर्ने र यसअघि सेवा आयोगले प्रयोग गरेको भवन प्रिन्सिपल कार्यालयको स्वामित्वमा ल्याई महिला छात्रावासको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेको छ ।
छात्रावास प्रवेशका लागि त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बसोबास गरिरहेका विद्यार्थीहरूले छात्रावासको छुट्टै परिचयपत्र बनाउनुपर्ने अनेरास्ववियुको माग छ ।
परिचयपत्र रुजु गरेर मात्रै प्रवेश गर्ने वातावरण मिलाइयोस् साथै त्रिविभन्दा बाहिरका व्यक्ति तथा समूहहरूलाई छात्रावास प्रवेशमा पूर्ण निषेध गर्ने व्यवस्था गरिनुपर्ने अनेरास्ववियुको माग छ ।
मागहरू सम्बोधन गरी त्रिविको छात्रावासलाई व्यवस्थित र सुरक्षित बनाउन अनेरास्ववियुले माग गरेको छ । आफ्ना मागलाई बेवास्ता गरिए थप आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिणामको जिम्मेवारी स्वयम विश्वविद्यालय क्याम्पस हुने अनेरास्ववियुले चेतावनी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण