छात्रावास सुधारको माग राख्दै अनेरास्ववियुद्वारा त्रिविलाई ज्ञापनपत्र

काठमाडौँ । छात्रावास सुधारको माग राख्दै अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले त्रिविका प्रिन्सिपललाई ज्ञापनपत्र बुझाएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कान्ति छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूले विभिन्न समस्या भोग्दै आएको भन्दै अनेरास्ववियुले सम्बोधनको माग गरेको छ ।
छात्राबासमा देखिएका विभिन्न समस्याहरू समाधान गर्दै त्रिवि छात्रावासलाई विश्वविद्यालयको नमूना छात्रावासको रूपमा रूपान्तरण गरी विद्यार्थीमैत्री बनाउन अनेरास्ववियु त्रिवि कमिटीले माग गरेको हो ।
छात्रावास र यस भित्र रहेका भौतिक संरचनाहरूको सुरक्षा प्रबन्ध मिलाउन वरिपरी तारबारसँगै २४ सै घण्टा सुरक्षा गार्डले सुरक्षा दिने व्यवस्था गर्न माग गरेको छ ।
त्रिविमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा ७०० विद्यार्थी अट्ने छात्रावास निर्माणको दीर्घकालीन योजना सार्वजनिक गरी त्रिवि केन्द्रीय कार्यालय समक्ष प्रस्ताव पेस गरिनुपर्ने र यसअघि सेवा आयोगले प्रयोग गरेको भवन प्रिन्सिपल कार्यालयको स्वामित्वमा ल्याई महिला छात्रावासको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेको छ ।
छात्रावास प्रवेशका लागि त्रिभुवन विश्वविद्यालयको छात्रावासमा बसोबास गरिरहेका विद्यार्थीहरूले छात्रावासको छुट्टै परिचयपत्र बनाउनुपर्ने अनेरास्ववियुको माग छ ।
परिचयपत्र रुजु गरेर मात्रै प्रवेश गर्ने वातावरण मिलाइयोस् साथै त्रिविभन्दा बाहिरका व्यक्ति तथा समूहहरूलाई छात्रावास प्रवेशमा पूर्ण निषेध गर्ने व्यवस्था गरिनुपर्ने अनेरास्ववियुको माग छ ।
मागहरू सम्बोधन गरी त्रिविको छात्रावासलाई व्यवस्थित र सुरक्षित बनाउन अनेरास्ववियुले माग गरेको छ । आफ्ना मागलाई बेवास्ता गरिए थप आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिणामको जिम्मेवारी स्वयम विश्वविद्यालय क्याम्पस हुने अनेरास्ववियुले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीका गुट र उपगुटहरूलाई खुसी पार्ने बजेट
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया
-
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित