आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डको फुकेटबाट सिधा उडानबाट बौद्ध धर्मावलम्बी पर्यटक ल्याइँदै

बिहीबार, ०५ पुस २०८०, ०९ : २४
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । थाइल्याण्डको फुकेटबाट सिधा उडान गरी नेपालमा बुद्धिस्ट पर्यटक ल्याउन पहल सुरु भएको छ । काठमाडौँको रुप्से होलिडेज र फुकेटको ट्राभल कम्पनीबिच सहकार्य गरी नेपालमा डाइरेक्ट फ्लाइटमार्फत् पर्यटक ल्याउन लागिएको हो । 

थाइल्याण्डको बैंकक तथा पटायाबाट नेपाल र नेपालबाट ती स्थानहरूमा पर्यटकको आवागमन हुने भए पनि अब भने फुकेटमै डाइरेक्ट फ्लाइटमार्फत उडान हुन लागेको हो । कम्तीमा महिनामा एउटा डाइरेक्ट फ्लाइटमार्फत पर्यटक आदनप्रदान गर्न लागेको नेपालको टुर अपरेटर रुप्से होलिडेजका जनाएको छ । रुप्से होलिडेजका अनुसार पहिलोपटक आगामी जनवरी २१ मा काठमाडौँ-फुकेट-काठमाडौँको प्रत्यक्ष उडान हुनेछ । 

हिमालय एअरलाइन्सको विमानबाट ३ घण्टा १० मिनेटको यात्रामा फुकेटको यात्रा हुने र एकतर्फी भाडा ३५ हजार कायम गरिएको टुर अपरेटरले जनाएको छ । फुकेटबाट नेपाल आउने डाइरेक्ट फ्लाइट नभएकाले त्यहाँबाट नेपाल आउन चाहने बुद्धिस्ट पर्यटकलाई लक्षित गरी उडानको व्यवस्था गरिएको रुप्से होलिडेजले जनाएको छ । यताबाट नेपाली पर्यटक लिएर जाने र उताबाट थाई पर्यटक लिएर आउने तयारी भएको छ । पहिलो उडानमा थाइल्याण्डको फुकेटबाट करिब १ सय ४० जना थाई पर्यटकलाई ल्याउने तयारी भएको छ । 

अहिले नेपालबाट थाइल्याण्डको फुकेटमा डाइरेक्ट फ्लाइट छैन । कनेक्टिङ फ्लाइटमार्फत नेपालबाट थाइल्याण्डको फुकेट जान कम्तीमा ५० हजार रुपैयाँ पर्ने गरेको छ । प्रत्यक्ष उडान हुँदा यात्रुलाई सस्तो पर्ने र त्यहाँबाट बैंकक घुम्न आउने नेपाली पर्यटकलाई पनि प्रत्यक्ष लाभ पुग्ने तथा फुकेट आसपासका बुद्धिस्ट पर्यटकलाई नेपाल ल्याउन सकिने टुर अपरेटरको अपेक्षा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप