प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउन एपीएफले ८८ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ८७ रन बनाएको हो ।
सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कविताले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर सम्झना खड्काले टोलीको खातामा १२ रन थपिन् । उनले १४ बलमा एक चौका प्रहार गरिन् ।
कविता र सम्झना बाहेक अन्य ब्याटरले भने दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । ओपनर अनु कडायत नौ र रुवी पोद्दार तीन रनमै पेभेलियन फर्किएका थिए । विन्दु रावल पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् ।
कप्तान रितु कनौजिया सात र रेवती धामी चार रनमा आउट भए । सावित्री धामी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् । ईश्वरी विष्ट शून्य रनमै आउट भइन् भने लक्ष्मी साउदले अविजित ६ रन बनाइन् । मनीषा चौधरी एक रनमा अविजित रहिन् ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा १३ रन पाएको थियो । एपीएफ क्लबकी बलर सोनु खड्काले दुई विकेट हात पारिन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण