निर्माताको पैसा चुर्लुम्म डुबाइदिएका ७ बलिउड फिल्म
नयाँ दिल्ली । गएको महिना टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चनको मुख्य भूमिका रहेको फिल्म गणपत रिलिज भएको थियो । तर यो फिल्म बक्स अफिसमा नराम्ररी पछारियो ।
फिल्मको हालत यस्तो दयनीय थियो कि मेकरहरुले टाउकै समातेर बस्नु पर्यो । फिल्मको अवस्था हेरेर निर्देशकले त फिल्मको कहाँ कतिबेला कहाँ पुग्यो, कहाँ चुक्यो भनेर हेक्कै भएन समेत भने । २ अर्ब भारुमा बनेको फिल्मले २० करोड भारु पनि कमाउन सकेन । मेकरको करोडौं पैसा डुबाइदिएका अन्य केही फिल्मबारे आज हामी कुराकानी गर्नेछौं ।
आदिपुरुष
यो वर्ष रिलिज भएको सबैभन्दा ठूलो बजेटको फिल्ममध्ये एक थियो आदिपुरुष । फिल्म करिब ६ अर्ब भारुको बजेटमा बनेको थियो । प्रभास, कृति सेनन र सैफ अली खानको मुख्य भूमिका रहेको यो फिल्मलाई स्र्टार्सले बचाउन सकेनन्, न त ठूलो बजेट नै काम आयो । फिल्म डाइलग र पहिरनका कारण निकै ट्रोल भयो । फिल्म निकै विवादित बन्यो । यो फिल्मले प्रभासको स्टारडममा धक्कै लाग्यो । मेकरहरुलाई पनि करिब २ अर्ब २५ करोड भारुको घाटा भयो ।
ठग्स अफ हिन्दुस्तान
आमिर खानको ठग्स अफ हिन्दुस्तानमा अभिताभ बच्चन रर कट्रिना कैफ जस्ता अन्य स्टार पनि थिए । तर यिनीहरुको जादु चल्दै चलेन । दर्शकहरुलाई हलसम्म तान्न फिल्म असफल बन्यो । बक्स अफिसमा फिल्म नमज्जाले फ्लप भयो । ३ अर्ब भारुमा बनेको फिल्मको बक्स अफिस कलेक्शन जम्मा १ अर्ब ५० करोड भारु मात्रै थियो ।
सम्राट पृथ्विराज
अक्षय कुमारको सम्राट पृथ्विराजको स्थिति पनि बक्स अफिसमा बेहाल नै थियो । यही फिल्मबाट भारतीय विश्व सुन्दरी मानुषी छिल्लरले आफ्नो बलिउड डेब्यू गरेकी थिइन् । तर मानुषीले दर्शकमाझ आफ्नो जादु छर्न सकिनन् । न त अक्षयको स्टारडम नै काम आयो । १ अर्ब ७५ करोड भारुको बजेटमा बनेको यो फिल्मको कमाई १ अर्ब भारुमा सिमित रह्यो ।
राधे–श्याम
दक्षिण भारतीय सुपरस्टार प्रभासको राधे–श्यामले पनि मेकरहरुलाई घरको न घाटको बनाइदियो । फिल्ममा प्रभासको साथा पूजा हेगडेको मुख्य भूमिका रहेको थियो । निकै आशा गरिएको यो फिल्मका निर्माताले १ अर्ब ७० करोड भारु घाटा झेल्नु पर्यो । फिल्मको बजेट ३ अर्ब भारु थियो ।
जेरो
बलिउडका किंग खान शाहरुख खानको फिल्म पनि यो सूचिमा छ । जेरोका निर्माताहरुले निकै ठूलो घाटा उठाउनु पर्यो । फिल्ममा शाहरुखको साथमा कटरिना कैफ र अनुष्का शर्मा पनि थिए । यी तीन जनाको तिकडी रहेको जब तक है जान ब्लकबष्टर भयो । तर जेरो बक्स अफिसमा फुस्स भयो । क्रिटिक्स र दर्शकहरुबाट फिल्मले मिश्रित प्रतिक्रिया पायो ।
शमशेरा
रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूरको शमशेराले यशराज फिल्म्सको झन्डै १ अर्ब भारु डुबाइदियो । फिल्मले दर्शकबाटै खासै राम्रो प्रतिक्रिया पाएन । शमशेराबाट रणबीर कपूरले निकै आशा गरेका थिए । तर फिल्म बक्स अफिसमा नराम्ररी पछारियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण