प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी प्रदेशविरुद्ध १०२ रन बनायो गण्डकी प्रदेशले
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एकसय तीन रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकीले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय दुई रन बनाएको हो ।
गण्डकीका लागि ओपनर अञ्जली विश्वकर्माले ३० रनको योगदान गरिन् । उनले ५१ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सृजना पौडेलले पनि २३ बलमा तीन चौकाको मद्दतले १९ रन बनाइन् । सुमन खतिवडाले टोलीको खातामा अविजित ३३ रन थपिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमनले केवल १८ बलमा पाँच चौका प्रहार गरिन् । सिमाना केसी दुई र ज्योत्सनिका मरासिनी पाँच रनमा आउट भए ।
सृष्टि जैसी दुई रनमा पेभेलियन फर्किइन् भने कप्तान कुसुम गोदार एक रनमा अविजित रहिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १० रन पायो । लम्बिनीका बलर कमला जीएम, सरस्वती पुन र मधु डीसीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण