शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुस ६ गते थप २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

बिहीबार, ०५ पुस २०८०, १७ : १६
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप २५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग तरलता (लगानी योग्य पुँजी) तानिरहेको हो । 

पुस १ गते यता केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप शुक्रबार उठाउने २५ अर्बसहित यो हप्ता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ । 

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ६ गते शुक्रबार मध्यान्ह १२ बजेसम्म अनलाइन विडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलन बोलकबोल पश्चात सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहीँ पुस २० गते हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप