पुस ६ गते थप २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप २५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग तरलता (लगानी योग्य पुँजी) तानिरहेको हो ।
पुस १ गते यता केन्द्रीय बैंकले ४५ अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । थप शुक्रबार उठाउने २५ अर्बसहित यो हप्ता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ ।
केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले पुस ६ गते शुक्रबार मध्यान्ह १२ बजेसम्म अनलाइन विडिङ सिस्टममार्फत आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलन बोलकबोल पश्चात सोही दिन खरिद गरिने समेत बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहीँ पुस २० गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण