फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’ ‘साक्षी रुख’
काठमाडौँ । नेपाली सर्ट फिल्म ‘साक्षी रुख’ (द विटनेस ट्री) दुई महत्त्वपूर्ण फिल्म महोत्सवमा छनोट भएको छ । निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको फिल्म नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा छनोट भएको हो ।
नवनिधि दाहाल, मनरथ पोखरेल, प्रकाश आङ्देम्बे र सम्झना लामिछाने निर्माता रहेको ‘साक्षी रुख’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको थियो । फिल्मका निर्माता मध्येका एक नवनिधि दाहालले भने, ‘कोभिडका कारण भएको लकडाउनको अप्ठ्यारो बेलामा समयको सदुपयोग गर्ने सोचले संयुक्त राज्य एमिरेट्सको शारजहाँ आर्ट फन्डका लागि फिल्म पठाउने सोचले साक्षी रुख जन्मिएको हो । शारजहाँ आर्ट फन्डबाट ३५ लाख नेपाली रुपियाँ बराबरको आर्थिक सहयोग पाइने सम्भावनाले हामीले त्यसमा फिल्मको कथा पठायौँ । त्यसपछि जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सव अन्तर्गतको सर्ट फर्म स्टेशनमा छानिएपछि उत्साह थपियो ।’
इन्टरनेसनल फिल्म फेस्टिभल रोटर्ड्याम र क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत ‘साक्षी रुख’ छानिएपछि त्यो उत्साह अझै धेरै थपिएको उनी बताउँछन् । करिब १५ मिनेटको सर्ट फिल्म फेस्टिभल तीन वर्षसम्म महोत्सवहरूमा पठाउने लक्ष्य निर्माण युनिटले राखेको छ । त्यसपछि मात्र फिल्म युट्युबमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण