अभिताभ र अभिषेकसँग सलमानले अँगालो हालेपछि...
नयाँ दिल्ली । बलिउड अभिनेता अभिताभ बच्चन र सलमान खानले एक अर्कालाई अँगालो हाले । निर्माता आनन्द पण्डितको जन्मदिनको पार्टीमा शाहरुख खान, कार्तिक आर्यन, टाइगर श्रोफ, ज्याकी श्रोफ, ऋतिक रोशन र निल नितिन मुकेश लगायत बलिउडका कयौं दिग्गज कलाकारहरु सहभागी भएका थिए । अहिले सामाजिक सञ्जालमा सोही समारोहको केही फोटो र भिडियोहरु भाइरल भइरहेका छन् । यसमा निटिजन्सहरुले प्रतिक्रिया दिइरहेका छन् ।
भिडियो क्लिप्समा सलमान खान अभिताभ बच्चनलाई अँगालो मारिरहेका देखिए । सलमान अमिताभ बच्चन भएको ठाउँमा जान्छन् अनि उनलाई अँगालो मारेर स्वागत गर्छन् । सोही भिडियोमा सलमानले अभिषेक बच्चनलाई पनि मायाले अँगालो हालेको देखियो । उनीहरुबीच कुराकानी पनि भएको थियो । सार्वजनिक भेटघाटमा सलमान र अभिषेकबीच यस्तो अंकमाल विरलै देखिन्छ । सन्् १९९८ मा हम दिल दे चुके सनम फिल्मको शुटिङको बेलामा सलमान खान र ऐश्वर्या राय केही समय एक अर्काको प्रेममा थिए । तर यो सम्बन्ध लामो समय चलेन । सन् २००७ मा ऐश्वर्याले अभिषेकसँग बिहे गरिन् ।
निर्माता आनन्द पण्डित चेहरे, द बिग बूल, थ्याङ्क गड र टोटल धमाल जस्ता फिल्मका लागि चिनिन्छन् । सलमान भने हालै टाइगर थ्रीमा देखिएका थिए । उनले आफ्नो नयाँ फिल्म प्रोजेक्टको घोषणा गरेका छैनन् । बिग बी भभने साईन्स फिक्शन एक्शन थ्रिलर फिल्म कल्की २८९८ एडीमा देखिदैंछन् । यो फिल्ममा अमिताभबाहेक दिपिका पादुकोण र प्रभासको मुख्य भूमिका रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण