अनेरास्ववियु गण्डकीकाे अध्यक्षमा गोरखाका प्रविन चयन
शनिबार, ०७ पुस २०८०, ०९ : २४
पोखरा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको पहिलो अधिवेशनले उनको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा कास्कीका सुशन घिमिरे र स्याङजाका विश्वदर्शन पराजुली चयन भएका छन् । सचिवमा नवलपुरका सुरज सापकोटा, सहसचिवमा डिएन (दिननाथ) लामिछाने, स्वीकार पोखरेल, अनिल कुँवर र महिला तर्फ कृति भट्टराई चयन भए । कोषाध्यक्षमा विक्रम क्षेत्री चयन भएका निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा तनहुँका आरके पोखरेलको पनि दाबी थियो । तर श्रेष्ठ केन्द्रमा एमाले महासचिव शंकर पोखरेल निकट भएका कारण उनको विरुद्धमा कसैले पनि दाबी नगरेका विद्यार्थी नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण