बारामा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु
शनिबार, ०७ पुस २०८०, १२ : २२
काठमाडौँ । बारामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उप–महानगरपालिका–१३ बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उप–महानगरपालिकाको वडा नम्बर १२ बस्ने २२ वर्षीय अभिमन्यु कुशवाहा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति बाराको प्रसौनीमा आफै अनियन्त्रित भएर दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए ।
उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण