गजल
शनिबार, ०७ पुस २०८०, १६ : ५४
बा ! त्यो आँसु मिसिएको रातो टीका निधारमा भार भयो
तिम्रा काखमा टाउको राखी निदाउँला भन्थे हार भयो ।
यही माटोमा खेलेँ पहिलो पाइलो यही धरतीमा टेकेँ
बा ! विवशताले यही धरतीको माटो आज धार भयो ।
सधैँ आफ्नै पसिनाले सिँचेको त्यो ठुलो गहिरी खेत
हाम्रो होइन रहेछ बा ! फल दिन नसकी टार भयो ।
कति खोजेँ बा ! मैले आफ्नै देशको माटोको सुगन्ध
एक मुठ्ठी माटो निधारमा लाऊँ भन्दा आज क्षार भयो ।
दौडिएँ, कति भौँतारिएँ बा ! तिम्रो आँसु पुछौँ भनेर
जता जाऊँ उतै पाइला रोकिए बा, बाटो सबै बार भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण