पुटिनलाई चुनौती दिने पत्रकारले आगामी निर्वाचनमा भाग लिन नपाउने
आइतबार, ०८ पुस २०८०, १० : ३३
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी टेलिभिजन पत्रकार येकातेरिना डन्टोभाले आगामी निर्वाचनमा भाग लिन नपाउने भएकी छन् । उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।
येकातेरिनाले मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भाग लिन तीन दिनअघि नै दर्ताका लागि निवेदन दिएकी थिइन् । रुसी निर्वाचन आयोगले आवेदनमा ‘त्रुटि’ भएको भन्दै उनको उम्मेदवारी अस्वीकार गरेको छ ।
यसको मतलब अब उनले रुसी राष्ट्रपति चुनावमा भाग लिन पाउने छैनन् । येकातेरिना पुटिनको आलोचक हुन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘धेरै रुसीहरू चुनावमा भ्लादिमिर पुटिनलाई कसैले चुनौती दिएको चाहन्थे।‘
युक्रेनसँग युद्ध सुरु भएपछि रुसमा पहिलो पटक आम निर्वाचन हुन लागेको हो । पुटिनको वर्तमान चौथो कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण