शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्कस्तरीय स्केट बोर्ड प्रतियोगिताको पदकमा नेपाली खेलाडीको एकाधिपत्य

आइतबार, ०८ पुस २०८०, १६ : ५१
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजनामा भएको पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिताको अधिकांश पदकमा नेपाली खेलाडीले एकाधिपत्य जमाएका छन् । फाइनल चरणको खेलमा भारतीय खेलाडीहरुलाई हराउँदै नेपाली खेलाडीले पदक जितेको हो ।

प्रतियोगिताको पुरुषतर्फ नेपालका सरद राई पहिलो, वसन्त राई दोस्रो र धिरज परियार तेस्रो भए । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः एक हजार, पाँच सय र दुई सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगिताको महिलातर्फ समिक्षा राई पहिलो, खुशी बी.के. दोस्रो र स्वाती श्रेष्ठ तेस्रो भए । उक्त स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले पनि क्रमशः एक हजार, पाँच सय र दुई सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे ।

यसैगरी युनियरतर्फको स्पर्धामा नेपालका अविषेक परियार पहिलो, भारतका मोहमद बिन जाबेद दोस्रो र नेपालका कर्मा लामा गुरुङ तेस्रो भए । उक्त स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः दुई सय, एक सय ५० र एक सय अमेरिकी डलर पुरस्कार हात पारे ।
प्रतियोगिताका विजयी खेलाडीलाई संघका अध्यक्ष अच्युत खनाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले सार्कस्तरमा नेपालको प्रदर्शन स्तरीय रहेको बताउँदै दक्षिण एसियाली खेलकुद (साग) मा स्केट बोर्ड खेल समावेश गर्न माग पनि गरे । प्रतियोगिता रूपन्देहीको तिलोत्तमास्थित स्केट पार्कमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप