कप्तान सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरे पनि आर्मीसँग हार्यो पर्सा
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले पर्सा क्लब–११ लाई ६६ रनले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको आमी क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो ।
आर्मी क्लबका लागि कुशल मल्लले अर्धसतकीय पाली खेलेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान कुशलले आक्रामक पाली खेल्दै ६३ रन बनाए । उनले केवल ३९ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान विनोद भण्डारीले २६ रन बनाए । कप्तानसमेत रहेका विनोदले १६ बलमा एक छक्का र तीन चौका प्रहार गरे । अर्का ओपनर सन्तोष कार्कीले पनि १६ रन बनाए । रोहित पौडेलले १३ रन जोडे । बिवेक यादब १२ रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा पनि १० रन पायो । पर्साका बलर सन्दीप लामिछाने, रुपेश सिंह, रंजित कुमार, पवन सर्राफ र नसरुद्दिन अन्सारीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको पार्साले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ९३ रनमात्र बनाउन सक्यो ।
पर्साका लागि माथिल्लो क्रमका ब्याट्सम्यानहरुले गतिलो योगदान गरेनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान सन्दीप लामिछानेले अविजित ३२ रन बनाए । उनले ३४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।
ओपनर इमरान शेखले १८ रन बनाए । हासिम अन्सारी १३ रनमै पेभेलियन फर्किए । रुपेश सिंहले १४ रन जोडे । पर्साका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । पर्साले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।
आर्मी क्लबका बलर साहब आलम र बसिर अहमदले तीन–तीन विकेट लिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । राजेश पुलामीले एक विकेट लिए । आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको हो । पर्साले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण