‘लम्पी स्किन’ बाट पशुधनमा क्षति, राहत कुर्दै किसान
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फटकशिलाका कुलप्रसाद तिवारीको गाई मरेपछि किलो रित्तो भएको चार महिना पूरा भएको छ । आर्थिक रूपमा विपन्न उनी सरकारले उपलब्ध गराउने भनिएको क्षतिपूर्ति बापतको रकम पर्खिएर बसेका छन् । उनले धेरै स्थानमा स्थानीय तहले राहत दिएको सुने पनि आफ्नो गाउँमा कहीँकतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गरे ।
धुलिखेल नगरपालिका–१२, शङ्खुपाटीचौरका गायत्री आचार्यको पनि लैनो गाई ‘लम्पी स्किन’का कारण मरेको थियो । एक लाख रुपियाँ पर्ने गाई मरेपछि राहत पाउने आसमा रहनुभएकी उनले हालसम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै पनि राहत नपाएको गुनासो गरे । आफ्नै नगरका अरू वडाले पीडित किसानलाई राहत वितरण गरेको सुने पनि आफ्नो वडामा राहत पाउन नसक्दा उनी निराश भएका छन् ।
उनीहरूजस्तै ‘लम्पी स्किन’ सङ्क्रमणले किलो रित्तो भएका ६५ हजार ४४१ परिवार सरकारी राहत कुरेर बसेका छन् । चालु आर्थिक वर्ष २०८०र८१ मा मात्रै मुलुकभरका १५ लाख ३६ हजार १८० पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण हुँदा ६५ हजार ४४१ वटा पशु मरेका थिए । असारदेखि असोजसम्म उच्च बिन्दुमा पुगेको फैलावटको दर क्रमिक रूपमा घट्दै अहिले शून्य अवस्थामा पुगे पनि पीडित किसानले भने राहतको आशा नै मारेका छन् ।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले समयमै किसानलाई क्षतिपूर्ति दिलाउन नसकेको स्विकारे । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भए पनि रकम निकासा हुन नसकेको बताए ।
उनले झिँगा, लामखुट्टे र भुसुनाको टोकाइले सङ्क्रमित पशुबाट स्वस्थ पशुमा सर्ने ‘लम्पी स्किन’ को सङ्क्रमण चिसो बढेसँगै शून्यको अवस्थामा झरेको छ तर जोखिम कायमै रहेकाले यो वर्षको क्षतिपूर्ति र आगामी वर्षमा हुने जोखिम न्यूनीकरणसम्बन्धी योजना तयार थाल्न आवश्यक बजेट व्यवस्थापन सरकारले गरिदिनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण