शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन पर्यटन तथा हात्ती महोत्सवको तयारी पूरा

सोमबार, ०९ पुस २०८०, १५ : ३१
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ को तयारी पूरा भएको छ । विगत केही वर्षदेखि कोभिड–१९ का कारण रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म हुँदैछ । 

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको १७ औँ संस्करणको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका संयोजक ओमप्रकाश पाण्डेले बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संयोजक पाण्डेले हात्ती महोत्सवको लागि आवश्यक व्यवस्थापनको काम सकिएको बताए । उनले महोत्सवमा हात्ती सुन्दरी प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बिटुबी सहमति, सांस्कृतिक झाँकीलगायत कार्यक्रम रहेको बताए । उनले महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्द्धन हुने बताए । 

संयोजक पाण्डेले चितवन सौराहामा हात्ती विनाको पर्यटन अधुरो हुने बताए । उनले चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउन समेत महोत्सवले टेवा पुग्ने बताए । उनले महोत्सवमा कृषि पर्यटनसँगै जोडिका वस्तु र थारु खानाहरु सहितको स्टलहरु राखिने बताए । उनले महोत्सवमा करिब १ करोड बराबरको खर्च हुने बताए ।

महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ । पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप