आर्मी क्लबले सजिलै हरायो उत्तर प्रदेशको टोलीलाई
काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको उत्तर प्रदेश क्लब–११ लाई ६५ रनले पराजित गरेको छ ।
टस जिती पहिले ब्याटिङ गरेको आर्मी क्लबले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको उत्तर प्रदेशले १४.३ ओभरमा अलआउट हुनुअघि ६७ रनमात्र बनाउन सक्यो ।
आर्मी क्लबका लागि ओपनर सन्तोष कार्कीले ४४ रनको योगदान गरे । उनले ३२ बलमा तीन छक्का र चार चौका हिर्काए । भीम सार्कीले पनि २३ रनको योगदान गरे । साहब आलमले २२ र बसिर अहमदले १४ रन जोडे ।
उत्तर प्रदेशका बलर वासी अन्सारीले तीन विकेट लिए । जवाफी ब्याटिङ गरेको उत्तर प्रदेशका लागि अल्तमास आलमले सर्वाधिक १६ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य संख्यामा रन बनाउन सकेनन् । आर्मी क्लबका बलर पवन कार्की र साहब आलमले तीन–तीन तथा बसिर अहमद र सोमपाल कामीले दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण