शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

मङ्गलबार, १० पुस २०८०, ११ : २०
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न सुसूचित गरेको हो । 

ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर मात्र ऋण प्रवाह गर्न केन्द्रीय बैंकले भनेको छ । 

कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरणलगायतका विस्तृत जानकारी हुन्छन् । यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनर्संरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ । 

‘कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार हो त्यसैले यसलाई संसारभर एकदमै महत्वका साथ हेरिन्छ,’ राष्ट्र बैंकले भनेको छ । 

bank

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप