ग्राहकबारे सूचना लिएर मात्र कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जासम्बन्धी निर्णय लिनुअघि ग्राहकको सूचना लिएर मात्र कर्जा प्रवाह गर्न आग्रह गरेको छ । ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएको छ/छैन र लिएको भए सोको अवस्था के रहेछ बुझेर मात्र थप अघि बढ्न सुसूचित गरेको हो ।
ग्राहक बारे कर्जा सूचना केन्द्रबाट सूचना लिएर मात्र ऋण प्रवाह गर्न केन्द्रीय बैंकले भनेको छ ।
कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरणलगायतका विस्तृत जानकारी हुन्छन् । यस्तो सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनर्संरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ ।
‘कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार हो त्यसैले यसलाई संसारभर एकदमै महत्वका साथ हेरिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण