गाउँको बिचमा आएर निर्धक्क बस्यो बाघ, फोटो र भिडियो बनाउन झुम्मिए गाउँले
काठमाडौँ । बाघलाई जङ्गलको सबैभन्दा खतरनाक सिकारी मानिन्छ । जङ्गलमा राज गर्ने बाघ गाउँमा पस्दा स्वाभाविक रुपमा मानिस आतङ्कित हुन्छन् नै ।
तर, भारतको उत्तर प्रदेश राज्यको पीलीभीतमा भने अनौठो दृश्य देखिएको छ । पीलीभीतको कलीनगरस्थित अटकोना क्षेत्रमा एउटा बाघ मस्तले बसिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गाउँको बिचमा एउटा किसानको घर परिसरमा बाघले आराम गरिरहेको र वरपर गाउँले जम्मा भएर फोटो तथा भिडियो बनाइरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मानिसको भिड देखेर पनि बाघ शान्तसँग बसिरहेको देखिन्छ । गाउँमा बाघ आएको सूचना पाएपछि वन विभागको समूह सो क्षेत्रमा पुगेर वरिपरि जाली तथा डोरी बाँधेर सुरक्षा घेरा बनाइदिएको छ, ताकि बाघले कुनै प्रकारको हानि गर्न नसकोस् ।
बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । उक्त बाघले अहिलेसम्म कुनै प्रकारको हानि नपु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण