नआऊ बिथोल्न मलाई
मङ्गलबार, १० पुस २०८०, १४ : ००
म म नै हुँ तिमी हुनु छैन मलाई
म तिमी पनि त भएँ तिमीसँगै कता कता गएँ तर
म र तिमी कहिल्यै एकाकार हुन सकेनौँ
म म मात्रै रहेँ
तिमी फेरि अर्काे म कि भयौँ ।
भनेको त थिएँ सारा जीवन
साटेको त थिएँ सारा पिर
अब मलाई अरूले जस्तै पिर नदिनु
मेरा सारा पिर तिमी आफू लिनु
तर त्यहीँ पिर साटेपछि
पर पर भयौ
तिमी कहाँ म मात्रैको रह्यौ ?
पिरले झन पिर दिन्छ
दुःखले झन दुःख दिन्छ
मायाले माया हैन
अझै दुःख अनि पिर दिन्छ
त्यसैले मलाई म हुनु छ
मेरै मन छुनु छ
मेरै मायालु हुनु छ
मलाई म बन्नु छ
अनि सारालाई भन्नु छ
म जति सत्य अरू रहेन
यो संसारमा विश्वास
आफैँबाहेक कसैको भएन
नआऊ बिथोल्न मलाई
नआऊ गिजोल्न मलाई
फेरि अर्काे मायाको कुरा गर्दै
म भनेको तिमी पनि हो भन्दै
अब त मलाई म मात्रै बन्नु छ
म म नै हुँ
मलाई म बन्नु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण