कांग्रेस नेता चौधरीले व्यक्तिगत खर्चमा बनाए जाजरकोटमा ३५ टहरा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी जाजरकोटका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएर फर्किका छन् । कांग्रेसको थारु विभाग प्रमुख समेत रहका चौधरीले दुई चरण गरी ३५ वटा टहरा बनाएका हुन् । ६ जना दक्ष जनशक्तिसहित जाजरकोट पुगेका चौधरीले एक दिनमा तीन वटासम्म टहरा बनाउने गरेका थिए ।
दुई चरणमा गरी १२ दिन जाजरकोटमा बसेका उनी ३५ वटा टहरा बनाएर बुधबार विहान फर्किएका छन् । नलगाड नगरपालिका १ डाँडा गाउँस्थित श्री सिद्धशाही कुमारी प्राथमिक विद्यालय भूकम्पले क्षति पुर्याएपछि अहिले आफूले अस्थायी संरचना खडा गरेको चौधरीले बताए ।
टहरा निर्माणमा एक संस्थाले एक लाख सहयोग गरेको थियो भने बाँकी नेता चौधरीले व्यक्तिगत खर्चमा काम गरेका थिए । जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरामा निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
नेता चौधरीका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा सरकारले पहिलो किस्ता बापत कुनै पनि वडामा राहत दिन सकेको छैन । 'सरकारले दिन्छ भन्ने आशामा केही राजनीतिक दलका नेता ग्यारेन्टी बसेपछि घर बनाउन काम जारी छ । मंगलबारसम्म पाँच प्रतिशत अस्थायी भूकम्प प्रभावित टहरामा सिप्ट भएको अवस्था छ,' उनले भने ।
सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता २५ हजार रुपैयाँ दिने भनिएको थियो । सरकारले पहिलो किस्ताको रकम भूकम्प प्रभावितको हातमा पुर्याउन सके अब अस्थायी टहरा बनाउन धेरै दिन नलाग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण