आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता चौधरीले व्यक्तिगत खर्चमा बनाए जाजरकोटमा ३५ टहरा

बुधबार, ११ पुस २०८०, ०८ : ४४
बुधबार, ११ पुस २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी जाजरकोटका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएर फर्किका छन् । कांग्रेसको थारु विभाग प्रमुख समेत रहका चौधरीले दुई चरण गरी ३५ वटा टहरा बनाएका हुन् । ६ जना दक्ष जनशक्तिसहित जाजरकोट पुगेका चौधरीले एक दिनमा तीन वटासम्म टहरा बनाउने गरेका थिए ।

दुई चरणमा गरी १२ दिन जाजरकोटमा बसेका उनी ३५ वटा टहरा बनाएर बुधबार विहान फर्किएका छन् । नलगाड नगरपालिका १ डाँडा गाउँस्थित श्री सिद्धशाही कुमारी प्राथमिक विद्यालय भूकम्पले क्षति पुर्याएपछि अहिले आफूले अस्थायी संरचना खडा गरेको चौधरीले बताए । 

टहरा निर्माणमा एक संस्थाले एक लाख सहयोग गरेको थियो भने बाँकी नेता चौधरीले व्यक्तिगत खर्चमा काम गरेका थिए । जाजरकोट र रुकुम पश्चिममा अस्थायी टहरामा निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

नेता चौधरीका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा सरकारले पहिलो किस्ता बापत कुनै पनि वडामा राहत दिन सकेको छैन । 'सरकारले दिन्छ भन्ने आशामा केही राजनीतिक दलका नेता ग्यारेन्टी बसेपछि घर बनाउन काम जारी छ । मंगलबारसम्म पाँच प्रतिशत अस्थायी भूकम्प प्रभावित टहरामा सिप्ट भएको अवस्था छ,' उनले भने ।

सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता २५ हजार रुपैयाँ दिने भनिएको थियो । सरकारले पहिलो किस्ताको रकम भूकम्प प्रभावितको हातमा पुर्याउन सके अब अस्थायी टहरा बनाउन धेरै दिन नलाग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप