सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको गालामा किस गर्दै बबी भने– ‘मामु आई लव यु’

बुधबार, ११ पुस २०८०, १२ : १९
बुधबार, ११ पुस २०८०

मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज आफ्नो ५८ औँ जन्मदिन सेलिब्रेसन गरिरहेका छन् । उनी आफ्नो जन्मदिन भान्जी आयतका साथ मनाउने गर्छन् । अभिनेताले गत राति नै भान्जी र परिवारका साथ जन्मदिन सेलिब्रेसन गरेका छन् । जसको जानकारी भिडियो तथा फोटो सामाजिक सञ्जालबाट शेयर गर्दै गराइएको छ । 

भिडियोमा सलमान र उनकी भान्जी आयत केक काट्दै गरेको देखिएका छन् । आयत आफ्नो बुबा आयुष शर्माको काखमा देखिएकी छन् । केक काटेपछि सलमानकी बहिनी अर्पिताले पहिले केक आयतलाई खुवाएकी छन् भने त्यसपछि सलमानलाई खुवाएकी छन् । भिडियोमा सलमानको भाइ अरबाज, युलिया वन्तुर र हेलेन पनि देखिएका छन् । आयतले आफ्नो चौथो जन्मदिन मनाएकी हुन् भने सलमानले ५८ औँ जन्मदिन ।

उक्त समारोहमा अभिनेता बबी देओल समेत पुगेका थिए । बबीले सलमानको साथ एक फोटो समेत शेयर गरेका छन् । जसमा बबी सलमानको गालामा किस गरेको अवस्थामा देखिएका छन् । उक्त तस्बिर शेयर गर्दै बबीले लेखेका छन्, ‘मामु आई लव यु ।’ 

बबीको करियर राम्रो हुनुमा सलमान खानको पनि ठुलो हात रहेको छ । पार्टीमा बबीको अलवा कम्पोजर साजित खान, युलिया वन्तुर, अलवीरा खान अग्निहोत्री समेत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप