सलमानको गालामा किस गर्दै बबी भने– ‘मामु आई लव यु’
मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज आफ्नो ५८ औँ जन्मदिन सेलिब्रेसन गरिरहेका छन् । उनी आफ्नो जन्मदिन भान्जी आयतका साथ मनाउने गर्छन् । अभिनेताले गत राति नै भान्जी र परिवारका साथ जन्मदिन सेलिब्रेसन गरेका छन् । जसको जानकारी भिडियो तथा फोटो सामाजिक सञ्जालबाट शेयर गर्दै गराइएको छ ।
भिडियोमा सलमान र उनकी भान्जी आयत केक काट्दै गरेको देखिएका छन् । आयत आफ्नो बुबा आयुष शर्माको काखमा देखिएकी छन् । केक काटेपछि सलमानकी बहिनी अर्पिताले पहिले केक आयतलाई खुवाएकी छन् भने त्यसपछि सलमानलाई खुवाएकी छन् । भिडियोमा सलमानको भाइ अरबाज, युलिया वन्तुर र हेलेन पनि देखिएका छन् । आयतले आफ्नो चौथो जन्मदिन मनाएकी हुन् भने सलमानले ५८ औँ जन्मदिन ।
उक्त समारोहमा अभिनेता बबी देओल समेत पुगेका थिए । बबीले सलमानको साथ एक फोटो समेत शेयर गरेका छन् । जसमा बबी सलमानको गालामा किस गरेको अवस्थामा देखिएका छन् । उक्त तस्बिर शेयर गर्दै बबीले लेखेका छन्, ‘मामु आई लव यु ।’
बबीको करियर राम्रो हुनुमा सलमान खानको पनि ठुलो हात रहेको छ । पार्टीमा बबीको अलवा कम्पोजर साजित खान, युलिया वन्तुर, अलवीरा खान अग्निहोत्री समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण