विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्य : जनार्दन शर्मा
काठमाडौँ । पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । शर्माले देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेलामा यो खालको बहस चल्नु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका नेता शर्माले बुधवार सामाजिक सञ्जालमा भनेका छन्– ‘देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेला, उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ।’
उनले विद्युत् लाइन काटेर छलफल, बहस र अड्डा अदालत गरेर उद्योग बन्द गर्ने र गराउने कार्यले उद्योगीलाई मात्र नभई देशलाई घाटा हुने बताएका छन् ।
‘TOD मिटरमा रेकर्ड नभएको बिल बनाइ, नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत हो। उद्योगको लाइन काटेर महिनौँसम्म छलफल, बहस,अड्डा अदालत गरेर उद्योग बन्द गर्ने–गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापाता लगायतका सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र हैन देशलाई नै घाटा हुन्छ।’
नेता शर्माले तत्काल मिटरको रेकर्ड सार्वजनिक गर्न समेत माग गरेका छन् । ‘TOD मिटरको रेकर्ड सार्वजनिक गरियोस् , त्यसले नै तिर्नुपर्ने र नपर्ने कुराको छिनोफानो गर्छ । औद्योगिकीकरणका लागि सबैले आफू सक्दो प्रोत्साहन गरौँ, नसके निरुत्साहन नगरौँ।’
उनले प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको गर्न सक्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्– ‘यसबारे कुरा स्पष्ट छ, प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन। प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ।’
नेपाल विद्युत् प्राधिकरणले एक हप्ताअघि डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने ९ उद्योगको लाइन काटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण