३१ वर्षे युवाको दुवै मिर्गौला फेल, सहयोगको याचना
काठमाडौँ । प्युठानका मदन केसी वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि कुनै राम्रो देश जाऔँ र सुनौलो भविष्य बनाऊँ भन्ने योजनाका साथ लागिपरेका थिए । तर, एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उनी स्वास्थ्य उपचारका लागि चिकित्सककहाँ पुगे । सामान्य समस्या भएको होला भन्ने ठानेर अस्पताल पुगेपनि उपचारका क्रममा मिर्गौलामा खराबी रहेको रिपोर्ट आयो ।
४ वर्षअघिको घटना सुनाउँदै प्युठान झिम्रुक–६ का उनले भने, ‘४ वर्ष अगाडि परीक्षण गराउँदा मिर्गौला ७० प्रतिशत ड्यामेज भएको रहेछ । त्यतिखेर चिकित्सकहरूले डाइलासिस गर्नु पर्दैन । खानेकुरामा कन्ट्रोल गर्दा नर्मल लाइफ बाँच्न सकिन्छ भनेका थिए । तर, डाक्टरले भनेजस्तो भएन ।’
उनका अनुसार अहिले दुवै मिर्गौला फेल भएको र मिर्गौलाले रगत छान्ने क्षमता १०/११ प्रतिशतमात्रै रहेको छ ।
सुरुमा किड्सी सेन्टर बालाजुमा उपचार गराएका उनले चार वर्षको बीचमा भएका सबै पैसा सकिएको र अहिले अभावका बीच वीर अस्पतालमा उपचार गराइरहेको बताए । बालाजुमा जँचाउँदा करिब ७ हजार पर्ने रेनोलग भन्ने औषधि मासिक खानुपरेको थियो । यस्तै प्रेसर, युरिेकेसिटड, भिटामिन डी कम्प्लेक्सहरु खाँदा भएका सबै पैसा सकिएको उनको भनाइ छ । पछिल्लो समय वीर अस्पताल उपचार गराउन पुग्दा प्रेसर, युरिकेसिड र क्याल्सियमहरुमात्रै खान भनिएको र नियमित डाइलासिस गराउनुपर्ने उनको भनाइ छ ।
चार दिन अघिमात्रै केसी वीरमा डाइलासिस गर्न पुगेका थिए । उनका अनुसार घाँटीबाट पाइप हाल्दा मिस्टेकले फोक्सोमा छोइन पुग्दा थप समस्या भयो । जसका कारण फोक्सोमा रगत जमेर उनलाई ४ दिन आईसीयूमा राख्नुपर्यो । अहिले मंगलबारमात्रै आईसीयूबाट निकालिए पनि केही समय अझै अस्पतालमै बस्नुपर्ने भनिएको छ । महँगो उपचार र पारिवारिक आर्थिक अवस्था पनि राम्रो नभको भन्दै उनले उपचारका लागि सहयोगी मनहरुसँग सहयोगको याचना गरेका छन् । 'उमेर अहिले ३१ वर्ष भयो । भएको पैसा सबै सकियो, सहयोग पाएको खण्डमा उपचारमा सहज हुन्थ्यो कि' , उनले भने । दाताहरुको सहयोग पाएमा र कोही डोनर भएमा मिर्गौला प्रत्यारोपण नै गराउने उनको धोको छ ।
उनले सहयोग गर्न चाहनेहरूका लागि राष्ट्रिय वाणिज्य बैंक (नयाँ बानेश्वर शाखा) को खाता नम्बर 1420100058263010 उपलब्ध गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण