नाडाको अध्यक्षमा चौधरीलाई तीन आकांक्षीको समर्थन
काठमाडौँ । नाडाको भावी अध्यक्ष व्यवसायी करण चौधरी नै बन्ने पक्का भएको छ । आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समेत समर्थनमा चौधरी नाडाको सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । नाडाको ४७ औँ वार्षिक साधारण सभा सहितको अधिवेशन यहीँ पुस २० र २१ गते काठमाडौँमा हुँदैछ ।
यसअघि अध्यक्षका आकांक्षी आकाश गोल्छा र प्रकाश कपुरीले चौधरीसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए । तर, नाडाको वर्तमान अध्यक्षसहित पूर्व अध्यक्ष लगायतको कसरतपछि गोल्छा र प्रकाश सहमतिमा आउँदै चौधरीलाई नै अध्यक्ष मान्न तयार भएका थिए ।
यसपटकको कार्यकालमा चौधरीलाई अध्यक्ष मान्ने र अर्को पटक गोल्छा स्वतः अध्यक्ष हुनेगरी विधान संशोधन गरे वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर जाने सहमति भएको बताइएको छ । तर, यस्तो सहमति भएसँगै बिच्किएका व्यवसायी नवराज डल्लाकोटीले आफू सहमति नमान्ने र चौधरीको विरुद्धमा आफूले उम्मेदवारी दिने घोषणा गरेका थिए । डल्लाकोटी नाडाका पूर्व उपाध्यक्ष समेत हुन् ।
डल्लाकोटीको उम्मेदवारी पर्ने भएपछि सहमतिको वातावरण भत्किने र नाडाको नेतृत्व चुनावमा होमिने खतरा बढेपछि अध्यक्षसहित पूर्व अध्यक्षहरू पुनः सहमतिमा जुटेका हुन् । बिहीबार ललितपुरमा बसेको बैठकले सहमतिको वातावरण बनेको र डल्लाकोटीले चौधरीलाई समर्थन गरेको अध्यक्ष डा.ध्रुव थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण