रिहा भएपछि पहिलोपटक सानेपामा बालकृष्ण खाँण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।
गतवर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलोपटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए । उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो ।
कांग्रेस संस्थापन पक्षकाे अडानले खाँणको निलम्बन रोकिएको थियो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो
-
उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन
-
महिला भलिबलमा सुदूरपश्चिमबाट उदाउँदै गरेका संगीता र सरिता
-
उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठकले के गर्यो निर्णय ?
-
प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
-
सङ्घीय निजामती सेवा विधेयक असार १५ गते अघि संसद्मा प्रस्तुत नहुने