रिहा भएपछि पहिलोपटक सानेपामा बालकृष्ण खाँण
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।
गतवर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलोपटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए । उक्त बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो ।
कांग्रेस संस्थापन पक्षकाे अडानले खाँणको निलम्बन रोकिएको थियो । बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् । नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण